अब ४० वर्षमुनिका महिला विदेश जाँदा परिवारको सहमति र वडाको सिफारिस अ’निवार्य चाहिने

अब ४० वर्षमुनिका महिला विदेश जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य चाहिने भएको छ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ । नयाँ कार्यविधि अनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ ।

विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसा स’म्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो । मानव तस्करी बढेको, शो’षणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको विभागले जनाएको छ ।

विभागले कार्यविधि संशोधन प्रस्ताव तीन दिनअघि गृह मन्त्रालयमा पठाएको छ । गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने विभागका सू’चना अधिकारी टेकनारायण पौडेलले बताए । उनका अनुसार ४० वर्षमुनिका महिला एक्लै भ्रमणमा जाँदा वडा कार्यालय र परिवारको सहमति लिएर मात्र जानु पर्ने छ ।

कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमति खोजिएको पौडेलले बताए । त्यस्तै, त्यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दु’र्घटना बिमा अनिवार्य बनाउनुपर्ने छ । महिलाहरूको लागि अहिले के भिसा, पा’सपोर्ट, टु वे टिकट, होटल बुकिङलगायत अनिवार्य थियो ।

तर, त्यसरी गएर उतै काम खोज्ने र नयाँ भिसा बनाएर काम गर्ने गरेको पाइएको वि’भागले जनाएको छ । यो अहिले गृ’ह म’न्त्रालयमा विचाराधीन छ । हाम्रो संचार डटकम बाट।

Leave A Reply

Your email address will not be published.